Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल रिपब्लिक मिडिया रु.५८ लाख बढी घाटामा, अन्य सूचक कस्ता ?

नेपाल रिपब्लिक मिडिया रु.५८ लाख बढी घाटामा, अन्य सूचक कस्ता ?

अर्थ प्लस
नेपाल रिपब्लिक मिडिया रु.५८ लाख बढी घाटामा, अन्य सूचक कस्ता ?

काठमाडौं, माघ ३० । नेपाल रिपब्लिक मिडिया लिमिटेड ५८ लाख ५ हजार रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

अघिल्लो.आवमा पनि कम्पनी ४२ लाख ६४ हजार रुपैयाँ घाटामा थियो ।  

दोस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १.५७ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ८ करोड १७ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले १ करोड ५८ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च २ करोड ८७ लाख, र बिक्री तथा वितरण खर्च ८९ लाख ३९  हजार रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ५१ करोड ३३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा १९ करोड ५८ लाख र दीर्घकालिन कर्जा ८ करोड ७८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५५ करोड ५३ लाख र कुल चालु दायित्व ३२ करोड ४८ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१.२ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८७.९९ रुपैयाँ प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३३.२० रुपैयाँ र तरलता अनुपात १.७१ प्रतिशत कायम भएको छ । 

सम्बन्धित समाचार