Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

एनआरएन इन्फ्रास्ट्रक्चरको आम्दानीसँगै नाफा पनि बढ्यो

एनआरएन इन्फ्रास्ट्रक्चरको आम्दानीसँगै नाफा पनि बढ्यो

अर्थ प्लस
एनआरएन इन्फ्रास्ट्रक्चरको आम्दानीसँगै नाफा पनि बढ्यो

काठमाडौं, माघ ३० । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आम्दानीसँगै नाफा पनि बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

यो रकम अघिल्लो आवको तुलनामा २२८.५५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा १ करोड ६३ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०९.९४ प्रतिशतले बढ्दै ८ करोड १ लाख रुपैयाँ पुगेको छ ।  

कम्पनीको कुल खर्च ९८ लाख ६७ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवमा ५४ लाख ९१ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङ १० करोड ५५ लाख रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३८ करोड १४ लाख र कुल चालु दायित्व १ करोड ४१ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानीमा सुधार आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.६७ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी बढेर ८.३७ रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १७२.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३५.६५ गुणा कायम भएको छ । 

सम्बन्धित समाचार