Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ देखि आईपीओ निष्कासन गर्ने

नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ देखि आईपीओ निष्कासन गर्ने

अर्थ प्लस
नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ देखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, माघ ३० । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी फागुन ११ गतेदेखि आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।  

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात रु.१०० अंकित दरका २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि,३ प्रतिशतले हुने ६७ हजार ५०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्टाएको छ ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै  लगानीकर्ताले मेरो सेयरबाट  समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन १५ गते  र ढिलोमा फागुन २५ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट ‘केयर–एनपी–बीबी–(आईएस)’रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्नेमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।  

सम्बन्धित समाचार