काठमाडौं, माघ ३० । आज सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक १.८६ अंकले बढेर २६८५.७३ को विन्दुमा कायम भएको छ ।
आज ३०७ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ । आज १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको सेयर मूल्य घटेको छ । आज ११ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३९ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको ३७ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिभर फल्स पावरको ३१ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । रिभर फल्स पावरका लगानीकर्ताले ८.०२ प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सुपर मादी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
