Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

५० प्रतिशत हकप्रद निष्कासन गर्दै सिन्धु विकास बैंक

५० प्रतिशत हकप्रद निष्कासन गर्दै सिन्धु विकास बैंक

अर्थ प्लस
५० प्रतिशत हकप्रद निष्कासन गर्दै सिन्धु विकास बैंक

काठमाडौं, माघ ३० । सिन्धु विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ। बैंकको माघ २९ गते मंगलबार बसेको संचालक समितिको ४५० औं बैठकले एकैसाथ बैंकको चौधौं तथा पन्ध्रौं वार्षिक साधारण सभा फागुन २८ गते काभ्रेको धुलिखेल स्थित होटल मिरावलमा बस्ने निर्णय गरेको हाे ।

साधारण सभा प्रयोजनका लागि फागुन १५ गते १ दिन बुक क्लोज गरिने जनाएको छ ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ :१ (प्रत्येक २ सेयरमा १ हकप्रद सेयर) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड कायम गर्न हकप्रद बिक्रीको प्रस्ताव गरेको जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ ।

यस्तै, सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने-गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोवारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने जनाएको छ ।

साथै, गाभ्ने गाभिने प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने र आवश्यक अन्य प्रकृया पूरा गरी सो मा हस्ताक्षर गर्ने अधिकारी तोक्ने लगायतका मर्जर वा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने एजेन्डा राखेको छ ।

सम्बन्धित समाचार