काठमाडौँ , फागुन १ । सर्वोत्तम सिमेन्टले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
जस अनुसार सर्वोत्तम सिमेन्टले चालु आवको दोस्रो त्रैमासमा २४ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आवमा ३ करोड ५ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ७० पैसा पुगेको छ । गत वर्ष १ रुपैयाँ ४२ पैसा थियो ।
सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ४ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ १८६.६६ रुपैयाँ रहेको छ ।
