Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

शिवम सिमेन्टको नाफामा ६१ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

शिवम सिमेन्टको नाफामा ६१ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

अर्थ प्लस
शिवम सिमेन्टको नाफामा ६१ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

काठमाडौँ , फागुन १ । शिवम सिमेन्टले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।जसअनुसार कम्पनीको मुनाफामा ६१ प्रतिशतले गिरावट आएको छ ।

विवरणअनुसार गत वर्ष १४ करोड ८५ लाख ९७ हजार खुद मुनाफा गरेको शिवम सिमेन्टले चालु आवको दोस्रो त्रैमासमा ६१.७७ प्रतिशतले मुनाफामा गिरावट आएर ५ करोड ६८ लाख १० हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड रुपैयाँ छ ।  गत वर्ष कम्पनीले चुक्ता पुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ थियो । शिवम सिमेन्टको नेटवर्थ १७५ रुपैयाँ ३१ पैसा रहेको छ ।

कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ सञ्चित रहेको छ भने अन्य रिजर्भ तथा सरप्लसमा ३ अर्ब १५ करोड ३२ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार