Logo

Jul 31 2026 | २०८३, साउन १५गते

images
समाचार

सरकारले खर्च गर्न नसकेपछि संशोधन गर्‍यो बजेटको आकार (यस्ताे छ संशाेधित बजेटकाे पूर्णपाठ)

सरकारले खर्च गर्न नसकेपछि संशोधन गर्‍यो बजेटको आकार (यस्ताे छ संशाेधित बजेटकाे पूर्णपाठ)

सरकारले खर्च गर्न नसकेपछि संशोधन गर्‍यो बजेटको आकार (यस्ताे छ संशाेधित बजेटकाे पूर्णपाठ)

काठमाडौं, २९ माघ। नेपाल सरकारले लक्ष्य अनुसार खर्च गर्न नसकेपछि उसले आफूले लिएको बजेटको लक्ष्यलाई संशोधन गरेको छ। सोमबार अर्थ मन्त्रालयमा बजेटकाे अर्ध वार्षिक समीक्षा गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेटको आकार संशोधन गरिएको जानकारी दिएका हुन्।

डा.महतले चलु वर्षको बजेटको आकार १२.६२ प्रतिशतले घटाएको बताएका छन्। उनका अनुसार चालु वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ खर्च हुने लक्ष्य राखेको थियो। तर त्यो सबै अहिलेको अवस्थालाई हेर्दा खर्च हुन नसक्ने अवस्था रहेकोले २ खर्ब २१ अर्ब रुपैयाँ घटाएका छन्। जस अनुसार चालु वर्ष  १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ मात्रै खर्च हुने महतले संशोधित अनुमान सुनाए।  

महतका अनुसार चलु तर्फ ८८.८४ प्रतिशत, पूँजीगत तर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ८७.३९ प्रतिशत हुने संशोधित अनुमान छ।  

सम्बन्धित समाचार