Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा सामान्य बृद्धि, ८ अर्ब ६२ करोडको कारोबार

सेयर बजारमा सामान्य बृद्धि, ८ अर्ब ६२ करोडको कारोबार

अर्थ प्लस
सेयर बजारमा सामान्य बृद्धि, ८ अर्ब ६२ करोडको कारोबार

काठमाडौं , फागुन ८ । आज साताको अन्तिम दिन सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक ३.१४ अंकले बढेर २७४३.७४ को विन्दुमा कायम भएको छ ।

आज ३०९ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज ८१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको मूल्य घटेको छ । आज ५ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको कारोबार भएको छ । आज यस कम्पनीको ६५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३८ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको ३६ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९.६९ प्रतिशतका दरले कमाएका छन् । अपर हेवाखोला हाइड्रोका लगानकिर्ताले ९.१४ प्रतिशतका दरले कमाउका हुन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.३५ प्रतिशतका दरले गुमाएका हुन् ।

सम्बन्धित समाचार