काठमाडौं , फागुन ८ । आज नेप्सेमा शिवम् सिमेन्ट, फर्स्ट माइक्रोफाइनान्स र कृषि विकास बैंकका बोनस सेयर सूचिकृत भएका छन्।
शिवम् सिमेन्टको ८.५५ प्रतिशत बोनस सेयरबाट ४२ लाख ९८ हजार ८५ कित्ता, फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस सेयरबाट ११ लाख १० हजार ४४४ कित्ता र कृषि विकास बैंकको ३ प्रतिशत बोनस सेयरबाट ४० लाख ३५ हजार ५०२.२२३४ कित्ता सेयर सूचिकृत भएका हुन्।
यी सेयर अब आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन्।
