Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ फागुन २७ गतेदेखि खुल्ने

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ फागुन २७ गतेदेखि खुल्ने

अर्थ प्लस
ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ फागुन २७ गतेदेखि खुल्ने

काठमाडौँ, फागुन २० । औषधि उत्पादन कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । चैत ३ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।

जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँको १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । सोमध्ये १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो ।

कम्पनीले केयर नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । विभिन्न आयुर्वेदिक औषधि उत्पादन तथा आयात गर्ने, सर्जिकल सामान आयात तथा बिक्री वितरण गर्ने काम कम्पनीले गर्दै आएको छ ।

पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ ।

सम्बन्धित समाचार