Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बलेफी हाईड्रोपावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र फागुन २२ गते खोलिने

बलेफी हाईड्रोपावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र फागुन २२ गते खोलिने

अर्थ प्लस
बलेफी हाईड्रोपावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र फागुन २२ गते खोलिने

काठमाडौँ, फागुन २१ । बलेफी हाईड्रोपावर लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र फागुन २२ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको लाजिम्पाटमा रहेको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको कार्यालयमा बिहान ८ बजे खोलिने छ ।  

कम्पनीले गत फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । कुल सेयर संख्यामध्ये संस्थापक समूहको ६ लाख ७६ हजार १९१ कित्ता, सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर रहेका थिए ।  

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस १७ गतेसम्म हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद निष्कासन गरेको थियो । जसमा आवेदन नपरेको सेयर कम्पनीले बिक्री गरेको हो । 

सम्बन्धित समाचार