Logo

Oct 22 2026 | २०८३, कात्तिक ६गते

images

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम

अर्थ प्लस
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबिआई बैंकद्वारा नेतृत्व सीप सम्बन्धी कार्यक्रम

आइतवार, फागुन २५ २०८१
काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल एसबीआई बैंक लिमिटेडले नेतृत्व सीप सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उपत्यकास्थित सम्पूर्ण शाखाका महिला कर्मचारीहरूलाई नेतृत्व सीप सम्बन्धी तालिमको आयोजना गरेको थियो । सो अवसरमा सम्पूर्ण महिला कर्मचारीहरूले नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ अन्तराष्ट्रिय नारी दिवस मनाए । 

काठमाडौंमा आयोजित उक्त कार्यक्रममा विश्वव्यापी रूपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विज्ञ प्रशिक्षक र लेखिका पायल नानजियानीले नेतृत्व सीप सम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा बैंकिङ क्षेत्रमा महिलाहरूको उपलब्धि, योगदान, महिला सशक्तिकरण र समावेशिताको विषयमा समेत चर्चा गरिएको थियो ।

नेपाल एसबिआई बैंकले बिगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे बैंक हो । हाल बैंकका १०० शाखा, २२ एक्स्टेशन काउन्टर १९ शाखा रहित बैंकिङ सेवा प्रवाह गरिरहेको छ । 

सम्बन्धित समाचार