Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेप्सेमा चार कम्पनीका सेयर सूचिकृत

नेप्सेमा चार कम्पनीका सेयर सूचिकृत

अर्थ प्लस
नेप्सेमा चार कम्पनीका सेयर सूचिकृत

काठमाडाैं, चैत ७ । आज नेप्सेमा चार कम्पनीका सेयर सूचिकृत भएका छन्। लक्ष्मी सनराइज बैंक, विन्ध्यावासीनी हाइड्रोपावर, स्वरोजगार लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थाको सेयर सूचिकृत भएको हो।

लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयर वापत १ करोड १५ लाख ९३ हजार ५७७.२५ कित्ता सेयर सूचिकृत भएको छ। विन्ध्यावासीनी हाइड्रोपावर कम्पनीको ७.६० प्रतिशत बोनस सेयर वापत ७ लाख ९८ हजार कित्ता सेयर, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ र साना किसान लघुवित्त वित्तीय संस्थाको १३.३० प्रतिशत बोनस सेयर वापत ५० लाख ६२ हजार ४७७.१५२ कित्ता सेयर सूचिकृत भएको छ।

यी चार कम्पनीका सेयर अब आइतबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिनेछन्।

सम्बन्धित समाचार