Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

अर्थ प्लस
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजेदेखि शुरू भएको थियो।

सभाले चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ। बोनस शेयर वितरणपछि पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार