Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ओम मेगाश्रीको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

ओम मेगाश्रीको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

अर्थ प्लस
ओम मेगाश्रीको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा मंगलबार अर्थात चैत १२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ मंगलबार बाँडफाँट गर्ने तयारी गरेको हो । क्यापिटलले समय भने तय गर्न बाँकी रहेको जनाएको छ ।

आइपीओमा १८ लाख ३८ हजार जनाको हात रित्तो हुने भएको छ । आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ संकलन भएको थियो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अन्तिम दिनसम्म १९ लाख ८५ हजार ६६३ जनाले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन परेको थियो।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ।

कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको थियो । आवेदन दिएकामा १ लाख ४७ हजार ६०० जनाले १०।१० कित्ताका दरले शेयर हात पार्नेछन् ।

सम्बन्धित समाचार