Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

क्लासिक टेकले माग्यो ३ सय कर्मचारी, कल सेन्टर एजेन्टदेखि क्षेत्रीय बिक्री इन्चार्जसम्मका लागि आवेदन दिने सकिने

क्लासिक टेकले माग्यो ३ सय कर्मचारी, कल सेन्टर एजेन्टदेखि क्षेत्रीय बिक्री इन्चार्जसम्मका लागि आवेदन दिने सकिने

क्लासिक टेकले माग्यो ३ सय कर्मचारी, कल सेन्टर एजेन्टदेखि क्षेत्रीय बिक्री इन्चार्जसम्मका लागि आवेदन दिने सकिने

काठमाडौँ, ४ फागुन । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक दावी गरिएको कम्पनी क्लासिक टेकले नेपालभरी ३०० जनालाई रोजगारीको आव्हान गरेको छ । आव्हान गरिएका पदहरूमा ५० जना कल सेन्टर एजेन्ट, ४० जना क्षेत्रीय बिक्री इन्चार्ज, २०० जनाभन्दा बढी क्षेत्रीय बिक्री प्रतिनिधीहरू साथै, प्राविधिक विभाग, फाइबर विभागलगायतका रहेका छन् । 

कम्पनीले यसका कर्मचारीहरूका लागि आकर्षक सेवा सुविधाहरूका साथै अन्य सुविधाहरू जस्तैः सियुजीसिम कार्ड, इन्धन, सामाजिक सुरक्षा कोष जस्ता विभिन्न सुविधा उपलब्ध गराउँदै आइरहेको छ । योग्यता पुगेका तथा इच्छुक उम्मेदवारहरूले उल्लिखित पदहरूका लागि आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । 

कोशी प्रदेशको विराटनगर, दुहवी, रङ्गेली, हरिनगरा, देवानगञ्ज, चिम्दी, भुटाहा, इटहरी, तरहरा, धरान, चतरा, केरावारी, लेटाङ, विराटचोक, बिर्तामोड र दमकलगायतका स्थाननमा, मधेश प्रदेशको बिरगंज, कलैया, चन्द्रनिगाहापुर, ढल्केवर, लहानलगायतका स्थानमा र बाग्मती प्रदेशको नयाँ वानेश्वर, गैरीधारा, बालाजु, गोल्फुटार, कलंकी, पेप्सिकोला, डाँछी, चावहिल, नारायणटार, मुलपानी, गोकर्ण, बल्खु, धापासी, ललितपुर (सातदोबाटो), चापागाउँ, ठेचो, थैब, थानकोट, सुर्यविनायक, बनेपा, पनौती, चितवन भरतपुर, चनौली, टाँडी, गितानगर, पर्सा), हेटौडा हटिया, पदमपोखरीलगायतका स्थानका लागि कम्पनीले कर्मचारी माग गरेको हो ।  

त्यस्तै, गण्डकी प्रदेशको पोखरा, लेखनाथ र लुम्बिनी प्रदेशको बुटवल, भलवारी, फस टिकर, माणिग्राम, टिकुली गढ, नयाँ गाउँ, भैरहवा, नेपालगञ्ज र कोहलपुरका लागि आवेदन दिन सकिनेछ । योग्यता पुगेका तथा कम्पनीसँग सहकार्य गर्न तथा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीमा आबद्ध हुन इच्छुक उम्मेदवारहरूलाई career@classic.com.npcareer@classic.com.np मा आफ्नो व्यत्तिगत विवरण
(CurriculumVitaee) पेश गर्न कम्पनीले आव्हान गरेको छ ।

सम्बन्धित समाचार