Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सेयर बजारमा गिरावट, ५ अर्ब १८ करोडको सेयर कारोबार

सेयर बजारमा गिरावट, ५ अर्ब १८ करोडको सेयर कारोबार

अर्थ प्लस
सेयर बजारमा गिरावट, ५ अर्ब १८ करोडको सेयर कारोबार

काठमाडाैं, चैत १२ । आज सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ को विन्दुमा कायम भएको छ ।

आज ३२५ कम्पनीको सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड माथिको सेयर कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको सेयर मूल्य घटेको हो ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोको १७ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ४.५२ प्रतिशतका दरले कमाएका छन् । एबिएल डिबेञ्चरका इकाईधनीले ४.२२ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्सका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.७ प्रतिशतका दरले गुमाएका हुन् ।

 

सम्बन्धित समाचार