काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्से २५.३१ अकंले बढेर २७०१.४८ बिन्दुमा कायम भएको छ। आज ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ ।
बुधबार ११ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ०.६१ प्रतिशत, विकास बैंक समूहको ०।५१ प्रतिशत, फाइनान्स समूहको ३.२६ प्रतिशत, होटल तथा पर्यटन समहको ०.५२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
यसदिन १६६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ ।
