Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

विन नेपाल लघुवित्तको एफपीओमा १० लाख १४ हजारको आवेदन

विन नेपाल लघुवित्तको एफपीओमा १० लाख १४ हजारको आवेदन

अर्थ प्लस
विन नेपाल लघुवित्तको एफपीओमा १० लाख १४ हजारको आवेदन

विन नेपाल लघुवित्तको एफपीओ मा १ अर्ब २१ करोड ३१ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । दोस्रो दिन अर्थात शुक्रबार (चैत २२ गते) साँझ ५ः०६ बजेसम्ममा १० लाख १४ हजार २१९ जना सर्वसाधारण आवेदकहरुले १ करोड २१ लाख ३१ हजार ५२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ । यो आवेदन मागभन्दा २३६.५१ गुणा बढी हो ।

कम्पनीले बिहीबार ९चैत २१ गते० देखि ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओ बिक्री खुला गरेको हो । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गरेको छ ।

क्रेडिट रेटिङ संस्था केयर नेपालले विन नेपाल लघुवित्तको एफपीओलाई एनपी सिंगल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । केयर नेपालले २०८१ चैत ८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ फागुन २२ गतेसम्म बाहल रहनेछ ।

सम्बन्धित समाचार