Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बुटवल पावरले एफपीओ रद्द, ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

बुटवल पावरले एफपीओ रद्द, ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

अर्थ प्लस
बुटवल पावरले एफपीओ रद्द, ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ रद्द गरी हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको चैत २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले प्रिमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । उक्त एफपीओ रद्द गरी कम्पनीले अब ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गराएको छ ।

बुटवल पावरको हाल ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ चुक्ता पुँजी रहेको छ । उक्त पुँजीको ४० प्रतिशतले हुने १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी हुने कम्पनीले जानकारी गराएको  छ । 

 

सम्बन्धित समाचार