काठमाडौँ। इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस ९एनपिआइ० जोडी डिजिटल कारोबार सुरु गरेको छ । यसैसँग इन्फिनिटी लघुवित्त एनपीआईमार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको छ ।
इन्फिनिटी लघुवित्तले अब एनसिएचएल-आइपिएस र आरपिएस प्रणालीहरूमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानीलगायतका विभिन्न सङ्कलनका करोबारहरू गर्न सक्नेछन् ।
साथै, तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खातामा सोझै गर्न सक्नेछन् ।
इन्फिनिटी लघुवित्तले एनपिआईमार्फत आफ्नो शाखाहरूको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्न समेत सक्नेछन् ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपिआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपीरपिएसओ, रेमिटेन्स कम्पनीहरू, ११ वटा लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध(सरकारी संस्थाहरू लगायतका १०० भन्दा बढी गैर-बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रूपमा आबद्ध छन् ।
यसमार्फत सदस्यहरूले संस्थाहरूले एनसिएच-आइपिएस र आरपिएस प्रणालीहरूको प्रयोग गर्न सक्नेछन् । २०७३ मा स्थापित इन्फिनिटी लघुवित्तले नेपालका निम्न आय वर्गका परिवारहरूलाई बचत निक्षेप संकलन तथा ऋण भुक्तानी, रेमिट्यान्स तथा माइक्रो बिमाका सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
इन्फिनिटीले आफ्नो सामूहिक नेटवर्कमार्फत लेन्डिङ्ग मोडल पछ्याउँदै नेपालको ४८ जिल्लाहरूमा ९६ शाखाहरू फैलाएको छ र १ लाखभन्दा बढी घर दुरी ओगटेको छ ।
इन्फिनिटीले विभिन्न सरोकारवालाहरूलाई प्राविधिक सहयोगसहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।
