Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

झिनो अंकले घटेर बन्द भयो शेयर बजार

झिनो अंकले घटेर बन्द भयो शेयर बजार

अर्थ प्लस
झिनो अंकले घटेर बन्द भयो शेयर बजार

काठमाडौं । पछिल्लो केही दिन यता निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार सुधारको प्रयासमा रहेको भएपनि अन्त्यमा करिब साढे ३ अंकले घटेर बन्द भएको छ । बजार खुल्नासाथ निरन्तर ओरालो लागेको नेप्से ३९ अंकसम्म तल झरेको थियो । तर बजार बन्द हुने समयसम्म आइपुग्दा सकारात्मक देखिएको भएपनि अन्त्यमा भने झिनो अंक नकारात्मक भएर बन्द भएको छ । 

मंगलबार नेप्से परिसूचक ३.४४ अंक घटेर २६६६.६१ विन्दुमा झरेको छ । यस दिन सूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन साढे ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १।५७ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन वित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

यस दिन ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन बोटलर्स नेपाल बालाजु, विन नेपाल लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बाराही हाइड्रोपावर पब्लिकको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशत घटेको छ।

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट सबैभन्दा धेरै ५९ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्ते, यस दिन हिमालयन रि- इन्स्योरेन्सको साढे ४० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार