Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आइएमई लाइफको सजिलो ई–लोन सेवा सुरु, घरमै बसेर एक लाख रुपैयाँसम्म ऋण प्राप्त गर्न सकिने

आइएमई लाइफको सजिलो ई–लोन सेवा सुरु, घरमै बसेर एक लाख रुपैयाँसम्म ऋण प्राप्त गर्न सकिने

अर्थ प्लस
आइएमई लाइफको सजिलो ई–लोन सेवा सुरु, घरमै बसेर एक लाख रुपैयाँसम्म ऋण प्राप्त गर्न सकिने

काठमाडौँ ।  आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सजिलो ई-लोन सेवा सुरु गरेको छ । कम्पनीका सञ्चालक समिति तथा उच्च ब्यवस्थापनको उपस्थितिमा अध्यक्ष डा. रामहरी अर्यालले ई-लोन सेवा उद्घाटन गरेका हुन् ।

सो अवसरमा अध्यक्ष अर्यालले घरबाटै बिमित (पोलिसी होल्डर)ले ऋणको लागि आवेदन दिन र ऋण प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएको बताए । 

सो सेवा अन्तर्गत बिमितले घरबाटै आइएमई लाइफ मोवाइल एप www.imelifeinsurance.com का माध्यमबाट ५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म ई-लोनको लागि आवेदन दिन सक्नेछन् ।

बिमितले कम्पनीको वेबसाइटमार्फत ऋण आवेदन चौबिसै घण्टा आफू रहेको स्थानबाटै दिन सक्नेछन् भने कार्यालय समय भित्र तुरुन्तै र बिदाको दिन कार्यालय समय सुरु हुने बित्तिकै सजिलै ऋण आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । 

यसरी ऋण लिनको निमित्त कुनैपनि अतिरिक्त सेवा शुल्क लाग्ने छैन । ऋण सुविधा पाउनको लागि बिमितको केवाइसी प्रमाणीकरण पूरा हुनुको साथै बीमा शुल्क भुक्तानी गरेको कम्तिमा ३ वर्ष पूरा भइसकेको हुनुपर्ने छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्कले आइएमई लाइफ ई(लोन सेवाले कम्पनीका बिमितहरूलाई सरल र सहज कर्जा सेवा प्रदान गर्ने विश्वास लिएको बताउँदै  डिजिटाइजेसन, अटोमेसन र द्रुतसेवा दिने कम्पनीको उद्देश्यमा निरन्तरता दिदै ग्राहक सेवा र अनुभवलाई थप परिष्कृत र उत्कृष्ठ बनाउदै लैजाने प्रयासको निरन्तरता भएको बताए ।

सम्बन्धित समाचार