Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

 क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड CREST को साधारण शेयर सूचीकरण

 क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड CREST को साधारण शेयर सूचीकरण

अर्थ प्लस
 क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड CREST को साधारण शेयर सूचीकरण

बुधबार, २७ चैत्र २०८१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (NEPSE) र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड (CREST) बीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१००।– कायम भएको ७५,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता आज सम्पन्न भयो । कम्पनीले सर्वसाधारण समक्ष एनआइएमवि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२,५०,००० कित्ता (३०%) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२,५०,००० कित्ता (७०%) शेयर समेत गरी जम्मा ७५,००,००० कित्ता (१००%) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८१/१२/२६ गतेको निर्णयानुसार सूचीकरण गरिएको हुँदा सरोकारवाला सबैको जानकारीकोे छ ।

पुनश्च : धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोवार दिनवाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय विरेन्द्रनगर ६, सुर्खेतमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने RTS सेवा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट हुने छ ।

सम्बन्धित समाचार