Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा सामान्य गिरावट

अर्थ प्लस
शेयर बजारमा सामान्य गिरावट

काठमाडौं। साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ । आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा ५ दशमलव ५७ अंकको गिरावट देखिएको छ । नेप्से घटेसँगै बजार २६ सय ७० दशमलव ७० को बिन्दुमा रोकिएको छ।

आज ३२१ कम्पनीको १ करोड १३ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ । आज नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ९ दशमलव ९८ अंकले बढको छ । आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २९ करोड २२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरे नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् । मेच्छियाम हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

सम्बन्धित समाचार