Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा लाभांश घोषणा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा लाभांश घोषणा

अर्थ प्लस
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा लाभांश घोषणा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। चैत्र २८ गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार