Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘ए’ रेटिङ, जोखिम व्यवस्थापनमा उत्कृष्ट

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘ए’ रेटिङ, जोखिम व्यवस्थापनमा उत्कृष्ट

अर्थ प्लस
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई ‘ए’ रेटिङ, जोखिम व्यवस्थापनमा उत्कृष्ट

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले इक्रा नेपालबाट ृइक्रा–आईआरे ‘ए’ रेटिङ प्राप्त गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्वहरू समयमै पूरा गर्ने क्षमतामा पर्याप्त सुरक्षा रहेको तथा यस्तो कम्पनीको ऋण जोखिम न्यून हुने स्पष्ट संकेत गर्दछ।

इक्रा नेपालले दिएको यो रेटिङले गाभिएपछि कम्पनीमा देखिएको वित्तीय सुदृढता, बजारमा सशक्त उपस्थिति, पर्याप्त सॉल्भेन्सी, कुशल व्यवस्थापन टोली र जोखिम व्यवस्थापन क्षमताको प्रशंसा गरेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स २०७९ सालमा प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड९स्थापित २०५१ साल र सिद्धार्थ इन्स्योरेन्स लिमिटेड स्थापित २०६३ साल को मर्जरबाट बनेको हो। गाभिएपछि कम्पनीको पूँजी आधार निजी क्षेत्रका सबैभन्दा ठूला गैर–जीवन बीमा कम्पनीहरूमध्ये एक बनेको छ।

कम्पनीको सम्पत्ति, बजार हिस्सा तथा सञ्चालनको दायरा समेत उल्लेखनीय रूपमा बढेको छ, जसले समग्र उद्योगमा यसको सशक्त उपस्थिति दर्शाउँछ। साथै, लामो अनुभव भएका व्यवस्थापन समूहको नेतृत्वमा कम्पनीले रणनीतिक निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको देखिन्छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सॉल्भेन्सी अनुपात सन् २०२४ को जुलाईको मध्यसम्ममा ३.१९ गुणा रहेको छ, जुन नियामकीय न्यूनतम १.३ गुणाको तुलनामा धेरै राम्रो हो। यसले कम्पनीको जोखिम बहन गर्ने क्षमता बलियो रहेको र आगामी व्यावसायिक विस्तारका लागि पर्याप्त आधार रहेको देखाउँछ।

त्यस्तै, बीमा दायित्वको तुलनामा करिब ४.६ गुणा तरल सम्पत्तिहरू रहेको तथ्यले कम्पनीको तरलता स्थितिलाई समेत सुदृढ बनाएको छ।

कम्पनीले पर्याप्त र विश्वसनीय पुनर्बीमा संयोजन (री–इन्स्योरेन्स अर्रान्जमेन्ट) कायम गरेको छ, जसमा ठूला प्राकृतिक प्रकोपसम्बन्धी जोखिमलाई समेत समेटिएको छ। सन् २०२४ सेप्टेम्बरमा आएको बाढीबाट भएको बीमा क्षतिमा कम्पनीले २६ अर्ब ५१ करोड रुपैयाँ बराबरको दावी व्यवस्थापन गरिरहेको छ। यद्यपि, कम्पनीको पुनर्बीमा संयोजन प्रभावकारी रहेकोले त्यसले वित्तीय स्थिति कमजोर नपार्ने र कम्पनीको सॉल्भेन्सी तथा दावी भुक्तानी क्षमतामा असर नगर्ने अपेक्षा गरिएको छ।

क्याटास्टर्फिक बीमाका लागि विश्वप्रसिद्ध ह्यनोभर री जस्ता पुनर्बीमा कम्पनीहरूसँगको साझेदारीले जोखिम व्यवस्थापनमा कम्पनीको क्षमतालाई अझ मजबुत बनाएको छ। २०८० मा मोटर बीमा क्षेत्रको हिस्सा उच्च रहँदा पनि कम्पनीले विविधिकरणको रणनीति अघि बढाएको छ। साथै, हाल देखिएको व्यवसायको सामान्य घटाउलाई कम्पनीले गाभिएपछि संरचनागत पुनर्संयोजन तथा रणनीतिक एकीकरणको पृष्ठभूमिमा लिएर पुनः वृद्धिमार्गमा फर्कन सक्ने संकेत देखिएको छ।

लगानी आम्दानी केही घटे पनि नियामकीय व्याजदर घटेका कारण यस्तो अवस्था देखिएको र यसलाई कम्पनीले अन्य आम्दानीका माध्यममार्फत सन्तुलन गर्न प्रयास गरिरहेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गाभिएपछि वित्तीय मजबूती, कुशल व्यवस्थापन, जोखिम वहन क्षमता, सशक्त पुनर्बीमा संयोजन तथा पर्याप्त सॉल्भेन्सीको बलमा बीमा क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको छ।

इक्रा नेपालद्वारा प्रदान गरिएको ‘ए’ श्रेणीको रेटिङले कम्पनीप्रति लगानीकर्ताको भरोसा बढाउने मात्र होइन, गैर–जीवन बीमा क्षेत्रमा कम्पनीको दीर्घकालीन सम्भावनालाई समेत प्रस्ट पारेको छ।

सम्बन्धित समाचार