Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बीमा दोकानको १० प्रतिशत क्यासब्याक अफर

बीमा दोकानको १० प्रतिशत क्यासब्याक अफर

अर्थ प्लस
बीमा दोकानको १० प्रतिशत क्यासब्याक अफर

काठमाडौं। सर्वसाधारणका लागि बिमा दोकानले क्यासब्याक अफरसहित नयाँ योजना सार्वजनिक गरेको छ । सानो रकमले ठूलो आर्थिक रक्षावरण हुने गरी योजना ल्याइएको कम्पनीले जनाएको छ । यसका लागि वैशाख १० भित्र बीमा गरिसक्नुपर्नेछ ।

३५ वर्षको व्यक्तिका लागि ५० लाखको जीवन बीमासँगै ५ लाखको स्वास्थ्य बीमा १ लाख ५७ हजार १ सय ५८ रुपैयाँमा हुने कम्पनीको भनाइ छ । यस योजनामा १८ ओटा घातक रोगको रक्षावरणसँगै पोलिसी म्याचुरिटीपछि मृत्युलाभ र ५ लाख बराबरको स्वास्थ्य बीमासहित अन्य थुप्रै अत्यावश्यक सुविधा रहेको कम्पनीले बताएको छ ।

यस योजनामा सहभागी हुन बीमा गर्दा आउने किस्ता रकमको १० प्रतिशत रकम तत्कालै जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ । ३७ दिनभित्र बाँकी ९० प्रतिशत रकम पनि जम्मा गरिसक्नुपर्ने जनाइएको छ ।

सम्बन्धित समाचार