Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बिमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ भोलिदेखि निष्काशन हुने, अधिकतम कति कित्तासम्म किन्न सकिन्छ ?

बिमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ भोलिदेखि निष्काशन हुने, अधिकतम कति कित्तासम्म किन्न सकिन्छ ?

अर्थ प्लस
बिमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ भोलिदेखि निष्काशन हुने, अधिकतम कति कित्तासम्म किन्न सकिन्छ ?

मंगलवार, बैशाख २ २०८२
काठमाडौँ । बिमा क्षेत्रकै पहिलो म्युचुअल फण्ड ‘रिलायबल समृद्धि योजना’ भोलि अर्थात बैशाख ३ गतेबाट बिक्री खुल्ला हुने भएको छ ।

‘रिलायबल समृद्धि योजना’को कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र योजना व्यवस्थापक रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड रहेको यो ‘रिलायवल सामूहिक लगानी कोष’ अन्तर्गत पहिलो बन्दमुखी योजना हो । उक्त म्युचुअल फण्डको आकार १ अर्ब रुपैयाँ बराबर रहेको छ ।

एक अर्बमध्ये ८ करोड ५० लाख इकाई अथवा ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशन (आइपिओ) मार्फत बिक्री खुल्ला गरिएको छ ।

यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरू धितोपत्र बजारमा सूचीकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

नेपालमा बिमा क्षेत्रबाट कोष प्रवर्द्धन गरिएको पहिलो सामूहिक लगानी कोषको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।

रिलायबल सामूहिक लगानी कोषको सार्वजनिक निष्काशन बैशाख ३ गतेदेखि छिटोमा बैशाख ७ गते र ढिलोमा बैशाख १७ गतेसम्म खुल्ला हुँदैछ ।

इच्छुक लगानीकर्ताहरूले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम् १ हजारदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानीका लागि सि-आश्वा खाता रहेको बैँक वा मेरो सेयरमा लगइन गरी अनलाइन आवेदन गर्न सक्नेछ । कम्पनीले सेयरधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित समाचार