Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा

लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा

अर्थ प्लस
लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं, वैशाख ३ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २९ गते सोह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले यसअघि नै सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस शेयर र ०.७१ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्ष (आव) को वित्तीय विवरण पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जरका लागि र कम्पनीको प्रबन्धपत्र तथा नियमालीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने जनाएको छ। यसको आधारमा वैशाख १० गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन्।

सम्बन्धित समाचार