Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कुमारी बैंकको १ लाख ९२ हजारबढी कित्ता शेयर बिक्रीमा

कुमारी बैंकको १ लाख ९२ हजारबढी कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
कुमारी बैंकको १ लाख ९२ हजारबढी कित्ता शेयर बिक्रीमा

काठमाडौं, वैशाख ५ । कुमारी बैंक लिमिटेडले १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्ने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र बैंकका संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणमा जारी गरिने जनाएको छ। शेयरको मूल्य  बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख  छ।

सम्बन्धित समाचार