Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

ट्रेड टावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

ट्रेड टावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

अर्थ प्लस
ट्रेड टावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, वैशाख ८ । वैदेशिक रोजगारमा रहेकालाई आज सोमबारदेखि ट्रेड टावरको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले ३ लाख ९७ हजार १६९ कित्ता सेयर वैदेशिक रोजगरमा रहेका नेपालीका लागि खुला गरेको हो ।

अंकित मूल्य १ सय रुपैयाँका दरले अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

वैशाख २२ गतेसम्म खुल्ने आवेदनमा न्यूनतम १० कित्ताका लागि दिनुपर्नेछ । कम्पनीले कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्नेछ ।

इक्रा नेपालबाट कम्पनीले बीबी माइनर रेटिङ पाइको छ ।

सम्बन्धित समाचार