Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
बीमा

नेपाल पुनर्बिमा कम्पनीले सार्वजनिक गर्‍यो चौथो त्रैमासको वित्तीय विवरण

नेपाल पुनर्बिमा कम्पनीले सार्वजनिक गर्‍यो चौथो त्रैमासको वित्तीय विवरण

नेपाल पुनर्बिमा कम्पनीले सार्वजनिक गर्‍यो चौथो त्रैमासको वित्तीय विवरण

काठमाडौ, २७ पुस । नेपाल पुनर्बिमा कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

कम्पनीले चौथो त्रैमाससम्म आइपुग्दा निर्जीवन र जीवन बिमा व्यवसायतर्फ खुद नाफा बढेको जानाएको छ। 

जसअनुसार अघिल्लो वर्ष ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको र निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा गत वर्षको चौथो त्रैमासमा ९१ करोड २० लाख १६ हजार रुपैयाँ पुगेको जानाएको हो ।

यता, अघिल्लो वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायतर्फ १० करोड ८८ लाख ३४ हजार रुपैयाँ नाफामा कमाएको यस कम्पनीले गत वर्ष चौथो त्रैमाससम्ममा १७ करोड ६६ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष असार ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ५० करोड ९६ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यसले ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो । त्यस्तै गत वर्षको चौथो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट २ अर्ब १ करोड ३० लाख ४७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

गत वर्षको असार मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ४३ करोड ६१ लाख १७ हजार रुपैयाँ र जीवन बिमातर्फ ७१ करोड १९ लाख ८४ हजार रुपैयाँ जम्मा भएको छ । निर्जीवन बिमा कोषको आकार ३ अर्ब ४७ करोड ६९ लाख २९ हजार रुपैयाँ रहेको छ । जीवन बिमा कोषको विवरण भने रिपोर्टमा उल्लेख छैन । चौथो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा रहेको छ ।

newskarkahna-news619260..jpg


 

सम्बन्धित समाचार