Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कहिले हुदैछ पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट ?

कहिले हुदैछ पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट ?

अर्थ प्लस
कहिले हुदैछ पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट ?

काठमाडौं, वैशाख ८ । पियोर इनर्जी लिमिटेडको आईपीओ बिहीबार (वैशाख ११ गते) बाँडफाँट हुने तय भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार वैशाख ११ गते बिहीबार आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । तर, समय भने तय नभएको बिक्री प्रबन्धकले जनाएको छ ।

यता, पियोर इनजीको आइपीओ हात पार्न भाग्यकै भर पर्नुपर्नेछ । यसमा मागभन्दा १९.२८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ३६ हजार ५३ जनाले कुल २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका छन् । जसमा १ लाख १९ हजार ५२० जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १८ लाख १६ हजार ५३३ जनाको भने हात खाली हुनेछ । पियोर इनर्जीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो ।

सम्बन्धित समाचार