काठमाडाैं, वैशाख ८ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गरिमा विकास बैंकको खुद नाफा बढेको छ । यसअवधिमा बैंकको खुद नाफा ७.३२ प्रतिशतले बढेर ७३ करोड ३४ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यसैअवधिमा बैंकले ६८ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.०४ प्रतिशत र सञ्चालन नाफा ७.५२ प्रतिशतले बढेको छ । गत वर्ष २ अर्ब ५१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो वर्ष बढेर २ अर्ब ६६ करोड पुगेको छ । यस्तै, सञ्चालन नाफा ९७ करोड रुपैयाँबाट बढाएर १ अर्ब ४ करोड रुपैयाँमा पुगेकोछ ।
चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी ५ अर्ब ६८ करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ६८ करोड रुपैयाँ छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसाले बढेर १७ रुपैयाँ २२ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४७ पैसा छ । यसको खराब कर्जा २.९७ प्रतिशतबाट बढेर ४.७८ प्रतिशत भएको छ ।
