काठमाडौं फाल्गुण १० । बिहीबार सुन र चाँदीको दुबैको भाउ घटेको छ। यस दिन सुन तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यस्तै बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
