काठमाडौं, वैशाख १७ । आज पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक ८.१५ अंकले घटेर २६२३.८३ को विन्दुमा कायम भएको छ ।
आज ३१४ कम्पनीको सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड माथिको सेयर कारोबार भएको छ । आज १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५२ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावरको ५० करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको ४२ करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी पावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
