Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आइएमई लाइफको नाफा १० प्रतिशत बढ्यो, जीवन बीमाकोष झन्डै १२ अर्ब

आइएमई लाइफको नाफा १० प्रतिशत बढ्यो, जीवन बीमाकोष झन्डै १२ अर्ब

अर्थ प्लस
आइएमई लाइफको नाफा १० प्रतिशत बढ्यो, जीवन बीमाकोष झन्डै १२ अर्ब

काठमाडौं, वैशाख २१ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत वर्षको यसै अवधिसम्म ३३ करोड १५ लाख रुपैयाँ कमाएको कम्पनीको खुद नाफा चालू आवमा १०.४९ प्रतिशतले वृद्धि भएको हो। नाफासँगै कम्पनीको जीवन बीमाकोषको आकार पनि ८ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ११ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

त्यस्तै, गत वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ रहेकोमा चालू आवमा वृद्धि भएर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ।

समिक्षा अवधीमा कम्पनीको कुल आम्दानी पनि गत वर्ष ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेकोमा चालू आवमा बढेर ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ३ अर्ब ७९ करोड ११ लाख रुपैयाँबाट बढेर ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ पुगेको छ।

गत वर्ष ११ रुपैयाँ ०५ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) यस वर्ष ९ रुपैयाँ ७७ पैसामा झरेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ६७ पैसा रहेको छ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा करीब २३ करोड रुपैयाँ र जगेडा कोषमा साढे ४२ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ।

सम्बन्धित समाचार