काठमाडौँ, वैशाख २२ । ट्रेड टावर लिमिटेडको आइपीओमा आवेदन दिने आज वैशाख २२ गते सोमबार अन्तिम दिन हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि वैशाख ८ गतेदेखि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
ट्रेड टावरले आफ्नो जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँको ४८.६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको आइपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमाति पाएको छ ।
जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्नेछ । उक्त रकममध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो ।
