Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आईपीओ ल्याउँदै सोलार फार्म, सेबोनसँग अनुमति माग

आईपीओ ल्याउँदै सोलार फार्म, सेबोनसँग अनुमति माग

अर्थ प्लस
आईपीओ ल्याउँदै सोलार फार्म, सेबोनसँग अनुमति माग

काठमाडौँ, वैशाख २२ । सोलार फार्म लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।

कम्पनीले वैशाख ७ गते सेबोनमा आवेदन दिएको हो । कम्पनीले सेबोनमा बुझाएको आवेदनमा १३ करोड ६३ लाख ३६ हजार रुपैयाँबराबरको रु.१०० अंकित दरका १३ लाख ६३ हजार ३६० कित्ता सेयर निष्कासनको माग गरिएको छ ।

सेबोनले स्वीकृती दिएसँगै कम्पनीले आम सर्वसाधारणमा उक्त परिमाणको आईपीओ जारी गर्नेछ ।

कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि आरबीबी मर्चेन्ट लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

सम्बन्धित समाचार