Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

कालिका लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

कालिका लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

अर्थ प्लस
कालिका लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो
काठमाडौँ, वैशाख २३ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्तको खुद नाफा बढेको छ । त्यस्तै यस अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।
 
यसअवधिमा खुद नाफा १११.६७ प्रतिशतले बढेर ६ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३ करोड २१ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
 
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४८.७१ प्रतिशतले बढेर २६ करोड ८१ लख ३१ हजार रुपैयाँमा पुगेको छ ।

सञ्चालन आम्दानी १११.४३ प्रतिशतले बढेर ९ करोड ७० लाख ३७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ७४ पैसाले बढेर २२ रुपैयाँ २४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ५९ पैसा छ । कम्पनीको  खराब कर्जा ५.२७ प्रतिशत छ । चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ छ ।

सम्बन्धित समाचार