काठमाडौँ, वैशाख २३ । आज सेयर बजार समान्य अंकले बढेको छ । नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ को विन्दुमा कायम भएको छ ।
आज ३१८ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ७४ करोड माथिको सेयर कारोबार भएको छ । आज १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ३८ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशत र ओम मेगा श्रीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । रिडी पावरका लगानीकर्ताले ९.९१ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
