Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

नेपाल रिपब्लिक मिडिया ४६.२८ लाख नाफामा, कस्ता छन् अन्य सूचक ?

नेपाल रिपब्लिक मिडिया ४६.२८ लाख नाफामा, कस्ता छन् अन्य सूचक ?

अर्थ प्लस
नेपाल रिपब्लिक मिडिया ४६.२८ लाख नाफामा, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ , वैशाख २४ । अघिल्लो आवमा घाटामा रहेको नेपाल रिपब्लिक मिडिया लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्ममा नाफामा गएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ४६ लाख २८ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५२ लाख २६ हजार घाटामा रहेको थियो ।  

यो अवधिमा कम्पनीले १३ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.८३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले १ करोड ३१ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च ३ करोड ७७ लाख, र बिक्री तथा वितरण खर्च १ करोड २४ लाख रहेको छ ।  

 

कम्पनीको रिटेन्ड अर्निङ ५० करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा १६ करोड ३३ लाख र दीर्घकालिन कर्जा ८ करोड ५९ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ६१ करोड ८१ लाख र कुल चालु दायित्व २७ करोड ९६ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.६४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८९.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२९.०३ रुपैयाँ र तरलता अनुपात २.२१ प्रतिशत कायम भएको छ । 

सम्बन्धित समाचार