Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

रुरु जलविद्युतको नाफा २.३७% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

रुरु जलविद्युतको नाफा २.३७% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

अर्थ प्लस
रुरु जलविद्युतको नाफा २.३७% ले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ , वैशाख २४ । रुरु जलविद्युत परियोजना लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मकाके अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ७ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २.३७ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

यो अवधिमा कम्पनीले विद्युत बिक्रीमार्फत ११ करोड ८३ लाख रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.१२ प्रतिशतले बढी हो । यो अवधिसम्म कम्पनीले २ लाख ३४ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक खर्च ८४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीले १४ लाख ४५ हजार रुपैयाँ स्टाफ बोनसको रुपमा खर्च गरेको छ ।  

कम्पनीको चुक्तापूँजी ५६ करोड ७३ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भ कोषमा १८ करोड ३९ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १६ करोड २४ लाख र कुल चालु दायित्व १० करोड ४३ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१६.५० रुपैयाँ  ,प्रतिसेयर नेटवर्थ १३०.६७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५३.६१ रुपैयाँ मूल्य आम्दानी अनुपात ४३.२५ गुणा र तरलता अनुपात १.५६ प्रतिशत कायम भएको छ ।  

सम्बन्धित समाचार