Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

बिन्ध्यवासिनी हाइड्रोको नाफा ६.६३ करोड, ईपीएस कति ?

बिन्ध्यवासिनी हाइड्रोको नाफा ६.६३ करोड, ईपीएस कति ?

अर्थ प्लस
बिन्ध्यवासिनी हाइड्रोको नाफा ६.६३ करोड, ईपीएस कति ?

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ ।  कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको तुलनामा ६.७७ प्रतिशतले कम हो ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानी भने केही बढेको छ । कम्पनीले विद्युत बिक्रीबाट ३० करोड ७४ लाख आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ०.२३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीबाट ३० करोड ६७ लाख कमाएको थियो ।

कम्पनीको प्रशासनिक खर्च ४ करोड १० लाख र मर्मत तथा सम्भार खर्च भने १ करोड ४२ लाख रहेको छ । यस्तै कम्पनीको वित्त खर्च १० करोड ८ लाख रहेको छ । १ अर्ब १२ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १० करोड ६ लाख र कुल चालु दायित्व ७ करोड ५ लाख रुपैयाँ रहेको छ ।    

कम्पनीको प्रतिसेयर आम्दानी ५.८७ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११०.१५ रुपैयाँ,र तरलता अनुपात १.४३ गुणा कायम भएको छ ।

सम्बन्धित समाचार