Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

आम्दानी बढेसँगै सानिमा मिडिल तमोर २१.१४ करोड नाफामा, प्रतिशेयर आम्दानी कति ?

आम्दानी बढेसँगै सानिमा मिडिल तमोर २१.१४ करोड नाफामा, प्रतिशेयर आम्दानी कति ?

अर्थ प्लस
आम्दानी बढेसँगै सानिमा मिडिल तमोर २१.१४ करोड नाफामा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ , वैशाख २४ । आम्दानी बढेसँगै सानिमा मिडिल तमोर हाईड्रो पावर लिमिटेड घाटाबाट मुक्त भएको छ । कम्पनी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २१ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २ करोड ९५ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले यो अवधिसम्ममा १ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको वित्त आम्दानी २२ लाख ५८ हजार रहेको छ ।  

 

यो अवधिसम्म कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ३७ करोड ७९ लाख र वित्त खर्च ६० करोड १२ लाख रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ १३ करोड ३४ लाख रुपैयाँ र अन्य रिजर्भ ४ लाख ९१ हजार रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ३ अर्ब ३३ करोड रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.३४ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १०४.१७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८२.७० रुपैयाँ  र तरलता अनुपात ३०.०३ गुणा कायम भएको छ । 

सम्बन्धित समाचार