Logo

Oct 21 2026 | २०८३, कात्तिक ५गते

images

महुली लघुवित्तको खुद ब्याज आम्दानी र नाफासँगै वितरणयोग्य मुनाफा बढ्यो

महुली लघुवित्तको खुद ब्याज आम्दानी र नाफासँगै वितरणयोग्य मुनाफा बढ्यो

अर्थ प्लस
महुली लघुवित्तको खुद ब्याज आम्दानी र नाफासँगै वितरणयोग्य मुनाफा बढ्यो

काठमाडौं, वैशाख २५ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र ब्याज आम्दानी दुवै बढेको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा २५.६३ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ३ करोड २२ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ३३.१३ प्रतिशतले बढ्दै २५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेको छ । अघिल्लो आवमा ४ करोड २० लाख रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ३ करोड ४१ लाखमा सीमित बनेको छ । संस्थाको कुल सञ्चालन आम्दानी २३ करोड १९ लाख र सञ्चालन मुनाफा ५ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३०२.७१ प्रतिशतले बढ्दै ४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । चुक्तापूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढेको छ । संस्थाको रिजर्भ २८ करोड ५८ लाखबाट बढेर ३० करोड ४२ लाख र रिटेन्ड अर्निङको आकार पनि २ करोड ६४ लाखबाट बढेर ४ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।  

तेस्रो त्रैमाससम्ममा १ अर्ब ७५ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ९२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपात ४.९६ प्रतिशत रहेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज ६ करोड ४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१४.६२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९४.५१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५०३.१४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८४.८६ गुणा र तरलता अनुपात १७.८१ प्रतिशत कायम भएको छ ।  

सम्बन्धित समाचार