Logo

Jul 30 2026 | २०८३, साउन १४गते

images
समाचार

सेन्चुरी बैंकका तत्कालिन सीईओ न्यौपाने र गौतम पक्राउ, कमसल धितो राखी २ अर्ब रूपैयाँकाे ऋण प्रवाह गरेकाे आराेप

सेन्चुरी बैंकका तत्कालिन सीईओ न्यौपाने र गौतम पक्राउ, कमसल धितो राखी २ अर्ब रूपैयाँकाे ऋण प्रवाह गरेकाे आराेप

सेन्चुरी बैंकका तत्कालिन सीईओ न्यौपाने र गौतम पक्राउ, कमसल धितो राखी २ अर्ब रूपैयाँकाे ऋण प्रवाह गरेकाे आराेप

काठमाडौं, १५ फागुन । तत्कालीन सेन्चुरी बैंकबाट कमसल धितो राखी अनियमित रुपमा दुई अर्ब रूपैयाँ बराबरकाे ऋण प्रवाह गरेको पाइएपछि सेन्चुरी बैंकका तत्कालिन सीईओ मनाेज न्यौपाने र तुलसीराम गौतम पक्राउ परेका छन् । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ छन् । 

मंगलबार बैंकका तत्कालीन सीईओद्धय सहित १० जनालाई पक्राउ गरिएको हाे। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार तीन वटा कम्पनीलाई कमसल धितो राख्दै ऋण प्रवाह गरेको पाइएकाे हाे । 

पक्राउ पर्नेमा प्रभु बैंकका कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी रहेका छन् । यसैगरी, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत र सन्ध्या श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिइएकाे हाे।

यसका साथै प्रहरीले यस अनियमिततामा संलग्न अन्य केहीको खोजी गरिरहेको छ । सेन्चुरी बैंक प्रभु बैंकमा गाभिएपछि प्रभुमा कार्यरत कर्मचारीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान गरिने भएकाे छ ।

सीआईबीका अनुसार सेन्चुरी बैंकमा रहँदा भएको घटनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हाे।

गत पुसमा सेन्चुरी बैंक प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाइएको थियाे ।  प्रभुले सेन्चुरी बैंकलाई १ः१ को स्वाप अनुपातमा प्राप्ति गरेको हो ।

मंगलबार प्रभुको केन्द्रीय कार्यालय बबरमहलबाट न्यौपानेसहित चार जना र अन्य पाँच जनालाई कमलादी कार्यालयबाट पक्राउ गरिएकाे हाे ।

नेपाल राष्ट्र बैंकले सेञ्चुरी बैंकमा भएका कर्जा दुरुपयोगसम्बन्धी फाइल अध्ययन गर्न सीआईबीलाई अनुरोध गरेपछि सिआइबीको प्रारम्भिक अध्ययनमा न्यौपानेसहितका कर्मचारी दोषी देखिएका थिए। जसपश्चात उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएकाे छ ।

सम्बन्धित समाचार