काठमाडौं, वैशाख २६ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्न लागेको हो । हकप्रद पश्चात यसको पुँजी १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस कम्पनीमा राधी विद्युतको २१.०५ प्रतिशत सेयर लगानी रहेको छ ।
